Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ५७ जना कोरोना संक्रमित थपिदा १३३ जना डिस्चार्ज

    ५७ जना कोरोना संक्रमित थपिदा १३३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ ।



    त्यस्तै, २४ घण्टामा १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् ।



    मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५ सय ४९ पीसीआर परीक्षण भएका छन् ।

    देशभर सक्रिय संक्रमितको संख्या १६ सय ३१ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार