Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भक्तपुरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ७ जना पक्राउ

    भक्तपुरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ७ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    फाइल तस्विर

    भक्तपुर।  मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ओखलढुंगा लिखु गाउँपालिका-९ बस्ने २२ वर्षीय कुल बहादुर तामाङ, ओखलढुंगा खिजी देम्बा गाउँपालिका-२ बस्ने २८ वर्षीय पञ्चमान तामाङ, ओखलढुंगा लिखु गाउँपालिका-९ बस्ने २४ वर्षीय गोबिन्द गौतम रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको समन्वयमा ओखलढुङ्गाबाट पक्राउ गरिएको हो ।

    पुस ६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका-८ सिपाडोल बस्ने २६ वर्षीय किसन थापाको आफ्नै कम्पाउण्डमा पार्किङ गरी राखेको प्रदेश ३-०२-०१० प ७१४१ र माघ ८ गते भक्तपुर बाराहीस्थानस्थित डेरा गरी बस्ने २२ वर्षीय पेम्बा तामाङको डेरा कोठा अगाडि पार्किङ गरी राखेको प्रदेश २-०२० प ८८२७ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले खोजी गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई मोटरसाइकल सहित फेला पारी माघ २४ गते पक्राउ गरेको हो ।



    यसैगरी माघ ४ गते राति भक्तपुर भक्तपुर नगरपालिका-७ स्थित आदर्शचोकमा जाँच गर्ने क्रममा बा.९८ प ८९६४ नम्बरको हरी गोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।



    पक्राउ पर्नेहरुमा ललितपुर धोबिघाट बस्ने दोलखा शैलुङ गाउँपालिका(४ घर भएका २७ वर्षीय अभिषेक योञ्जन र भक्तपुर सूर्यविनायक बस्ने दोलखा शैलुङ गाउँपालिका(६ घर भएका १९ वर्षीय सुमन नेपाली रहेका छन् ।

    साथै भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ स्थित अरनिको राजमार्गमा प्रदेश ३-०२-०१७ प.७०४८ नम्बरको कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायकमा बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका २३ वर्षीय फुर्वा तामाङ र २१ वर्षीय राजु तामाङ रहेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार