Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजबाट

    कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजबाट

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले आजबाट कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दै छ ।

    दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिकालाई खोप दिइने निर्णय भएको छ ।



    त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने छन् । खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्दैछन् ।



    हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ ।

    पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार