Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • खगेन्द्र संग्रौलाको विप्लवलाई प्रश्न – ओलीको शरणमा आउनु थियो भने आफ्नै कार्यकर्ता किन मराएको ?

    खगेन्द्र संग्रौलाको विप्लवलाई प्रश्न – ओलीको शरणमा आउनु थियो भने आफ्नै कार्यकर्ता किन मराएको ?

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। लेखक खगेन्द्र संग्रौलाले सरकार र विप्लव समूहबीच भएको सहमतिलाई लिएर विप्लवमाथि प्रश्न खडा गरेका छन्।

    संग्रौलाले सरकारले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै शान्तिपूर्ण राजनीतिमा आएको भन्ने विप्लवमाथि प्रश्न खडा गरेका हुन् ।



    तीनबुँदे सहमतिलाई फासफुसे सहमतिको उपमा दिँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका चरणमा शरण पर्न आउनु थियो भने बम पड्काएर आफ्नै कार्यकर्ता किन मराएको ? भन्दै प्रश्न गरेका छन् ।



    अहिले विप्लवको हर बिजोग ! भएको भन्दै लेखक संग्रौलाले पहिल्यै ओली सरकारमा जागिर खाको भए वा ठेक्कापट्टा गरी धनार्जनमा लागेको भए भइहाल्थ्यो भनेका छन् ।

    ओलीलाई राजाको उपमा दिँदै उनले विप्लवलाई प्रश्न गरे, ‘ओलीलाई आफ्ना कार्यकर्ता मार्ने बहाना किन बनाईदिएको ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार