Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रहरीले लखेटेका ‘चोर’ रुखमा चढेर हाम फाली मर्न खोज्दा यसरी गरियो उद्धार

    प्रहरीले लखेटेका ‘चोर’ रुखमा चढेर हाम फाली मर्न खोज्दा यसरी गरियो उद्धार

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 5.3K
    SHARES

    काठमाडौं। चोरी मुद्दामा फरार रहेका एक अभियुक्तका कारण प्रहरीले अनावश्यक हैरानी खेप्नु परेको छ।

    मकवानपुर हाडीखोला घर भई  काठमाडौ वसुन्धरा वस्ने बर्ष ३६ का खन्ति भन्ने सुकलाल वाईवालाई वौद्द वृत्तवाट परिचालन भएको टोलीले खोजतलास गर्ने क्रममा आज दिउसो गोकर्णेश्वर न.पा. ४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिर नजिकै लुकिछिपि वसिरहेको अवस्थामा पक्राउ गर्न लाग्दा नाटकिय घटना भएको छ।



    प्रहरीका अनुसार वाईवा  गोकर्णेश्वर सुन्ताखानाका राजकुमार पण्डित क्षेत्रीको घरमा चोरी गरी फरार भएका थिए। उनलाई प्रहरीले पक्राउ गर्न खोज्दा एक्कासी नजिकैको रुखमा चढे।



    प्रहरीले पछ्याउँदै जाने क्रममा वाईवाले गोकर्णको खोचको रुखमा चढी हाम फालेर मर्छु भन्दै धम्की दिए।

    उनलाई हाम नफाल्न र रुखवाट आउन आग्रह गर्दा नमानेकोले घटनाको वारेमा काठमाडौ परिसरमा वौद्द वृत्तले जाहेर गर्‍यो।

    त्यसपछि  काठमाडौ परिसवाट डिएसपी र विपद व्यवस्थापनको उद्धार टोली परिचालन गरिएको थियो ।

    वाईवालाई आत्महत्या गर्नबाट जोगाउन नेपाल प्रहरी अस्पताल मानसिक रोग विशेषज्ञ डा.आशिष दत्तलाई पनि घटनास्थलमा खटाइयो ।  डा. दत्तले आत्महत्या गर्न लागेका वाईवालाई सकुसलतापूर्वक करिव १ घण्टा काउन्सिलिङ गरे पश्चात उनी रुखबाट ओर्लिए।

    विपद व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरमा गई वाईवालाई रुखवाट सकुशल उद्धार गरेको थियो ।

    यसरी संकटको समयमा काठमाडौ प्रहरी परिसर, वौद्द वृत्त , नेपाल प्रहरी अस्पतालका मानसिक रोग विज्ञ र विपद व्यवस्थापनको उद्धार टोली समेतको समूहगत प्रयासमा करिव ४ घण्टाको अवधिमा वाईवालाई आत्महत्या गर्नवाट जोगाउन सफल भई उद्धार पश्चात कानूनी कारवाहीको दायरामा समेत ल्याईएको काठमाडौं परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार