Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ससुराली जान हेलिकप्टर चार्टर गरे मुख्यमन्त्री राईले (तस्बिरहरु)

    ससुराली जान हेलिकप्टर चार्टर गरे मुख्यमन्त्री राईले (तस्बिरहरु)

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ। प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले  ससुराली जान हेलिकप्टर चार्टर गरेका छन् ।

    मंगलबार मुख्यमन्त्री राईले आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु जान हेलिकप्टर चार्टर गरेका हुन् ।



    जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।



    उनले लेखेकी छन्, ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो !।’

    हेलिकप्टर लिएर पुगेकी उनले गाउँको विकास नभएकोमा दुखेसो गरेकी छन् । शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत, शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ !!!! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु !!! ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार