Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल पत्रकार महासंघको निर्वाचनमा कसले कती मत ल्याए ? (मतसहित)

    नेपाल पत्रकार महासंघको निर्वाचनमा कसले कती मत ल्याए ? (मतसहित)

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको मतगणना सकिएको छ ।

    मत परिणामअनुसार प्रेस युनियन, प्रेस संगठन सहितको लोकतान्त्रिक गठबन्धनबाट केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेल विजयी भएका छन् ।



    निर्वाचनको चौथो दिन आज बल्ल अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।



    अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा पोखरेलले ६ हजार ९४२ मत ल्याएर जीत दर्ता गराएका छन् भने उनका प्रतिद्वन्द्वी निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीले क्रमश ३ हजार ९१५ र ४९१ मत ल्याएका छन् । अध्यक्षका अर्का उम्मेदवार रामप्रसाद दाहालले १६५ मत ल्याएका छन् । यद्यपी दाहालले निर्वाचन अगाडि नै आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।

    त्यसैगरी बरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । विष्टले ६ हजार ७४१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी माधव नेपाल र रामजी दाहालले क्रमश ३ हजार ७८१ र ६०५ मत पाए ।

    यता, महिला उपाध्यक्षमा भने बला अधिकारीले बाजी मारिन् । अधिकारीले ७ हजार २२६ मत ल्याउँदा प्रतिद्वन्द्वी दाना केसी सुवेदीले ३ हजार ५२८ मत पाइन ।

    त्यसैगरी उपाध्यक्षकै समावेशीतर्फ भने उदय जीएमले ६ हजार ११७ मत ल्याएर विजयी भए भने महासचिवमा रोशन पुरीले ६ हजार २४२ मत ल्याएर विजयी भए ।

    यता खुल्ला सदस्यमा भने सबैभन्दा बढि मत ल्याएर माधव पौडेल विजयी भए । पौडेलले खुल्ला पाँच जना सदस्यमध्ये सबैभन्दा बढि ५ हजार ९४ मत प्राप्त गरेका छन् ।

    यस्तो छ अन्तिम नतिजा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार