Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • त्रिकोणात्मक सिरिज : मलेसियामाथि नेपालको उत्कृष्ट जित

    त्रिकोणात्मक सिरिज : मलेसियामाथि नेपालको उत्कृष्ट जित

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 1.9K
    SHARES

    निर्मल बाबु लामिछाने /  काठमाडौं । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई दोस्रो खेलमा पनि पराजित गरेको छ।

    किर्तिपुरस्थित त्रिविको मैदानमा भएको आजको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो ।



    नेपालले दिएको २१८ रनको फराकिलो लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १४८ रन बनाउन सफल भयो। मलेसियाका लागि अमिदिउन रेल्लीले सर्वाधिक ४१ रनको योगदान दिए।



    जारि प्रतियोगितामा मलेसियाको तेस्रो हार हो भने नेपालको तेस्रो जित हो।

    मलेसियालाई सस्तैमा समेट्न नेपाली बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामीले सर्वाधिक तीन/तीन विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो।

    नेपालका लागि करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा सात छक्काको मद्दतले  ४५ रन बनाउँदा, कप्तान ज्ञानेन्द्र मल्लले ४१, आशिफ सेख ४२ र दिपेन्द्रसिंह ऐरीले ३३ रनको उत्कृष्ट इनिंग खेलेका थिए।

    आजको जितसँगै प्रतियोगितमा ३ जित र एक हारसँगै नेपाल ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान तय गरेको छ भने प्रतियोगितामा दुई जित, एक बराबरी र एक हारसहित नेदरल्यान्ड्सप् पनि ५ अंकसहित फाइनल प्रवेश गरेको छ।

    मलेसियाले भने प्रतियोगितामा कुनै जित निकाल्न नसक्दा एक खेल बराबरीमा सकिएको थियो।

    प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार