Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपालमा कोरोनाको सुनामी, एकैदिन अहिलेसम्मकै धेरै ७,६६० जनामा संक्रमण पुष्टि

    नेपालमा कोरोनाको सुनामी, एकैदिन अहिलेसम्मकै धेरै ७,६६० जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    निर्मल बाबु लामिछाने/ काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि  काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी जिल्लाहरु(४२ वटा)मा लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको आजको तथ्यांकमा देखिन्छ।

    तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ७ हजार भन्दा पनि माथि रहेको छ।  नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै भएको हो।



    यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ७ हजार ६६०  जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार १३१  जनामा पीसीआर परीक्षण र ५७१  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७५८७ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ००५  पुगेको मन्त्रालयले जनाएको छ।
    यस्तै,पछिल्लो २४ घण्टामा १७७५ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लाख ८७  हजार ७९० जना डिस्चार्ज भएका छन् ।
    आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च ५५ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ४१७ पुगेको छ ।
    हिजो नेपालमा ७,४४८ जनामा संक्रमण पुष्टि हुँदा ३७ जनाको मृत्यु भएको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार