Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • च्याम्पियन्स लिग : चेल्सी र म्यानचेस्टर सिटी फाइनलमा

    च्याम्पियन्स लिग : चेल्सी र म्यानचेस्टर सिटी फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन् ।

    स्पेनिस जाइन्ट रियल मड्रिडलाई पराजित गरेर चेल्सीले अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको फाइनल भेट पक्का गरेको हो ।



    घरेलु मैदानमा बुधबार राति भएको फेमिफाइनल दोस्रो लेगमा चेल्सीले रियल मड्रिडमाथि २–० को जित दर्ता गरेको हो । पहिलो लेगमा १–१ गोलको बराबरी भएकाले चेल्सी समग्रमा ३–१ गोलले विजयी हुँदै फाइनलमा पुग्न सफल भएको हो ।



    चेल्सीको जितमा टिमो वेर्नर र म्यासन माउन्टले गोल गरेका हुन् । खेलको २८ औँ मिनेटमा वेर्नर र ८५ औँ मिनेटमा माउन्टले गोल गरेका हुन् ।

    यसअघि मंगलबार राति भएको खेलमा पिएसजीलाई पराजित गरेर म्यानचेस्टर सिटीले फाइनलमा स्थान बनाएको थियो । उपाधिका लागि मे २९ मा स्थानबुलमा चेल्सी र म्यानचेस्टर सिटीबिच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार