Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रियल मड्रिड र सेभिल्लाबीचको खेल बराबरी

    रियल मड्रिड र सेभिल्लाबीचको खेल बराबरी

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा रियल र सेभिल्लाले २–२ गोल गरे । उपाधि भिडन्तमा निकै महत्व बोकेको खेलमा इन्जुरी समयमा गोल गर्दा खेल २–२ को बराबरीमा सकिएको हो ।

    रियलका लागि मार्को एसेन्सिओले र इडन हजार्डले एक एक गोल गरे भने सेभिल्लाका लागि रिगेसले र रेकिटिकले एक एक गोल गरे । सेभिल्लाका लागि खेलको २२ औँ मिनेटमा रिगेसले गोल गरे भने ७८ औँ मिनेटमा पाएको पेनाल्टीमा रेकिटिकले गोल गरि पुनः सेभिल्लालाई अग्रता दिलाएका थिए ।



    रियलका मार्को एसेन्सिओले ६७ औँ मिनेटमा गोल गरे । यस्तै, खेलको इन्जुरी समयको ९४ औँ मिनेटमा इडन हजार्डले गोल गरि रियल मड्रिडलाई हारबाट जोगाएका थिए । बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।



    दोस्रो स्थानको रियल शीर्ष स्थानको एथलेटिको मडिड्र भन्दा दुई अंकले पछि छ । रियलको ७५ अंक छ भने एथ्लेटिको ७७ अंक छ । यस्तै, गएराति नै भएका अरु खेलमा एइबरले गेटाफलेलाई एक शूय गोल अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाले रियल भालाडोलिडलाई तीन शुन्य तथा सेल्टा डि भिगोले भिल्लारियललाई चार दुई गोल अन्तरले पराजित गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार