कोरोना अपडेट :

पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण पुष्टि

अनलाइन नेपाल
  • बुधबार, बैशाख २९ २०७८

  • 1K
    SHARES

    पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २०३६२ पीसीआर र ४२४ जनामा एन्टिजेन परीक्षण गरिएकोमा  ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १६८ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो मंगलबार देशभर ९ हजार ४३८ जनामा संक्रमण थपिएको थियो भने २२५ जनाको मृत्यु भएको थियो।

    यस्तै,२४ घण्टामा ४ हजार ४४४ संक्रमणमुक्त भएको गौतमले जानकारी दिए।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार