Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मदन भण्डारी र जीवराज आश्रितको नाममा राजनीति बन्द गर्न ओलीलाई भट्टराईको सुझाब

    मदन भण्डारी र जीवराज आश्रितको नाममा राजनीति बन्द गर्न ओलीलाई भट्टराईको सुझाब

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 3K
    SHARES

    काठमाडौं ।आज ३ गते जननेता मदन भण्डारी र जिबराज आश्रीतको रहस्यमय मृत्यु भएको दिनका रुपमा लिइन्छ। मदन–आश्रितको २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय जिब दुर्घटनामा मृत्यु भएको थियो। जसको छानविन र अनुसन्धान अहिलेसम्म रहयकै गर्भमै छ।

    आश्रितको जिबमै शव भेटिएको थियो भने भण्डारीको लाश तीन दिनपछि नारायणी नदी किनारमा भेटिएको थियो।



    जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा राजनीति बन्द गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले मदन–आश्रितको नाममा स्वार्थको राजनीति भइरहेकाले त्यो नगर्न सुझाएका हुन्।



    भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्। ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गरौँ’, उनले लेखेका छन्, ‘नत्र वहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौँ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार