Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ओलीले भने – राष्ट्रिय सहमतिको सरकार बनाऔं

    ओलीले भने – राष्ट्रिय सहमतिको सरकार बनाऔं

    'राष्ट्रपतिको विरोध गर्नेहरु भनेका गणतन्त्रलाई कमजोर बनाउन खोज्नेहरु हुन्'

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कायम गर्ने र सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले सहमतिको सरकार बनाउने प्रस्ताव गरेका हुन् ।



    ‘म त अहिले पहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं, प्रधानमन्त्री ओलीले भने।



    यस्तै, ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएकोप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको दावी गर्दै राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपति अपमान गर्ने काम गर्न नहुने जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार