Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोना भाइरस

    ८,६६३ जना संक्रमित थपिँदा ६,४०४ जना डिस्चार्ज

    ८,६६३ जना संक्रमित थपिँदा ६,४०४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडैं। पछिल्लो २४ घण्टामा देशभर थप ८,६६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट२२ हजार ३०६ र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा ८ हजार ६६३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज ६ हजार ४०४ जना निको भएका छन् भने हालसम्म निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणक कारण १६९ जनाको मृत्यु भएको छ।  यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ हजार ७०० पुगेको छ ।



    यस्तै, हिजो १८५ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार