Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना खोपबारे बाबुरामले भने -सेरेमोनियल राष्ट्रपतिलाई सरकारले भिख माग्न लगायो

    कोरोना खोपबारे बाबुरामले भने -सेरेमोनियल राष्ट्रपतिलाई सरकारले भिख माग्न लगायो

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको वताएका छन्।

    भट्टराईले कोरोना भाइरस खोपबारे राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन् । सामाजिक सन्जालमा लेख्दै उनले  नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै उनले प्रश्नसमेत गरेका छन् ।



    भट्टराईले भनेका छन्,  ’कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो ? , उनले भनेका छन्, ‘सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने रु खै लज्जाशरणम ? ’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार