Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • स्थायी समिति बैठकपश्चात् बूढानीलकण्ठ पुगे नेपाल, देउवा र प्रचण्ड दिउँसोदेखि छलफलमा

    स्थायी समिति बैठकपश्चात् बूढानीलकण्ठ पुगे नेपाल, देउवा र प्रचण्ड दिउँसोदेखि छलफलमा

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। बूढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ।

    वार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपालबीच वार्ता भइरहेको बूढानीलकण्ठ स्रोतले बताएको छ।



    स्रोतका अनुसार भेटमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आह्वानको विषयबारे छलफल भइरहेको हो।



    ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित रिटमा प्रयोग भएको नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बुझिएको छ ।

    प्रचण्ड र देउवाबीच आज दिउँसोदेखि वार्ता जारी थियो भने नेपालले बिहान प्रचण्डसँग भेटवार्ता गरेका थिए।

    नेता नेपाल सभापति देउवाले वार्ताका लागि बोलाएपछि आफू पक्षीय स्थायी समिति बैठक सकेर देउवा निवास पुगेको स्रोतको भनाइ छ।

    यसअघि आज भएको नेपाल पक्षको बैठकले ओलीले अघि सारेका प्रस्तावमध्ये चौंथो नम्बरको प्रस्ताव मान्न नसक्ने र सर्वोच्च अदालतमा संसद विघटनबिरुद्द दायर गरेको रिटको हस्ताक्षर पनि फिर्ता नलिने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार