Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • गण्डकीमा नयाँ सरकार गठनको ढोका खुल्यो, १६८(५) अनुसार नभए प्रदेशसभा भंग हुनसक्ने

    गण्डकीमा नयाँ सरकार गठनको ढोका खुल्यो, १६८(५) अनुसार नभए प्रदेशसभा भंग हुनसक्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    कास्की । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको ढोका खुल्ला भएको छ ।

    आज सभामा विश्वासको मतका लागि गुरुङको प्रस्तावको पक्षमा २७ मत पर्‍यो भने विपक्षमा ३० मत परेको थियो। विश्वासको मत प्राप्त नगरेपछि उनी नेतृत्वको सरकार स्वत ढलेको छ।



    अब गण्डकीमा ‘संघमा संविधानको धारा ७६ को ५’ जस्तै प्रकृतिको सरकार गठनको प्रक्रिया सुरु हुनेछ । जसअनुसार संविधानको धारा १ सय ६८ को ५ अनुसारको सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्नेछ । संविधानको धारा १६८ को ५ मा ‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने’ उल्लेख गरिएको छ ।



    संवैधानिक व्यवस्था अनुसार अब मुख्यमन्त्री बन्न चाहने प्रदेशसभा सदस्यले बहुमतको आधासहित प्रदेशप्रमुखसमक्ष दावी पेस गर्नुपर्नेछ । गण्डकीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन गर्न नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहमत भइसकेका छन् । बहुमत सिद्ध गर्न ३१ मत आवश्यक पर्नेमा कांग्रेससँग १५ , माओवादी ११ (सभामुखबाहेक), जसपा २ र जनमोर्चाका २ जना गरी ३० सांसदको समर्थन रहेको छ ।

    यदि संविधानको धारा १ सय ६८ को ५ अनुसारको सरकार गठन हुन नसकेमा १६८ को ७ अनुसार प्रदेशसभा भंग हुने र मध्यावधी निर्वाचन हुनसक्ने सम्भावना रहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार