Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मनाङेले पृथ्वीसुव्बालाई असहयोग गरेको प्रकरणमा गणेश लामा पक्राउ , फोहोरी राजनीतिभित्र पस्यो प्रहरी

    मनाङेले पृथ्वीसुव्बालाई असहयोग गरेको प्रकरणमा गणेश लामा पक्राउ , फोहोरी राजनीतिभित्र पस्यो प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 3.7K
    SHARES

    कास्की। पोखरामा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई लुकाएर राखेको प्रकरणमा गुण्डा नाइके तथा कांग्रेस नेता गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

    लामालाई विश्वासको मत प्राप्त गर्न नसकेका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङको निर्देशनमा कास्की प्रहरीले पक्राउ गरेको हो।



    लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको वताइएको छ।  विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । लामाबिरुद्द प्रहरीमा कुनै पनि उजुरी भने परेको छैन। जसका कारण कास्की प्रहरी बिबादमा तानिएको छ।



    मनाङे मध्यरातदेखि सम्पर्कविहीन भएपछि प्रहरी उनको खोजीमा लागेको थियो।

    सोधपुछका लागि लामालाई  बैदाममा प्रहरीमा राखिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी  सुवास हमालले जानकारी दिए ।

    मनाङे बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले विश्वासको मत लिन लाग्दा मनाङे भने उनलाई सहयोग नगर्ने उदेश्यले सम्पर्कबिहीन भएपछि प्रहरी उनको खोजी गर्दै घरसम्म पुगेको थियो ।

    आज सभामा विश्वासको मतका लागि गुरुङको प्रस्तावको पक्षमा २७ मत पर्‍यो भने विपक्षमा ३० मत परेको थियो। विश्वासको मत प्राप्त नगरेपछि उनी नेतृत्वको सरकार स्वत ढलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार