Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • गणेश लामालाई रिहा गर्न कास्कीका सीडीओको आदेश

    गणेश लामालाई रिहा गर्न कास्कीका सीडीओको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    कास्की । बिहीबार दिउँसो पक्राउ परेका नेपाली कांग्रेसका युवा नेता एवम् काभ्रे जिल्लाका प्रदेशसभा उम्मेदवार समेत रहेका गणेश लामालाई रिहा गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश दिएको छ ।

    आज कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमले हिजो पक्राउ परेका लामासहित अन्य तीन जनालाई नै रिहा गर्न आदेश दिएका हुन् ।



    सीडीओ गौतमको आदेशसँगै लामासहित पक्राउ परेका नेताहरू चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा हुँदै छन् ।



    यद्यपि कागजी प्रक्रिया पूरा गर्ने क्रम जारी रहेकाले करिब एक घण्टामा नेता लामा रिहा हुने कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

    प्रशासन कार्यालयमै रहेका सभापति केसीले लामासहित तीन जना नै विना सर्त रिहा हुन लागेको बताए ।

    लामा पक्राउ पर्नुमा सत्तापक्षको चलखेल देखिएपनि निषेशधाज्ञाको समयमा हिंडडुल गरेको भन्दै कास्की प्रहरीले लामालाई नियन्त्रणमा लिएको हो ।

    कुनै बेला गुण्डा नाइकेको छवी बनाएका लामालाई हिजो होटलमा बसिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो । लामालाई पक्राउ गर्ने वडा प्रहरी कार्यालयकी प्रमुख डीएसपी चिनु तामाङले माथिको आदेशका कारण पक्राउ गरिएको स्वीकार गरिसकेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार