Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सोह्रखुट्टे वृत्तको प्रमुखमा डिएसपी प्रमेश बिष्टलाई पठाइयो

    सोह्रखुट्टे वृत्तको प्रमुखमा डिएसपी प्रमेश बिष्टलाई पठाइयो

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको प्रमुखमा डिएसपी प्रमेश बिष्टलाई सरुवा गरेको छ ।

    वृत्त प्रमुख डिएसपी दीपक खड्का घुस असुलीमा कारबाही स्वरुप महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएपछि रिक्त ठाउँमा बिष्टलाई पठाइएको हो।



    डिएसपी खड्कालाई प्रहरी आचरणविपरीत काम गरेको भन्दै कारबाहीस्वरुप महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नसियद दिएर परिसरमा तानेको थियो। उनका स्थानमा बिष्टले जिम्मेवारी वहन गरेका हुन्।



    २३ जेठमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले डिएसपी खड्कालाई कारबाही गरेपछि सोह्रखुट्टे वृत खाली थियो।

    डिएसपी खड्कालाई अनुशासनविपरीत काम गरेको भन्दै कारबाहीस्वरुप परिसरमा तानिएको थियो। उनका स्थानमा बिष्टले जिम्मेवारी वहन गरेका हुन्।

    प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो। खड्का आर्थिक अनियमिततामा मुछिएका  थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार