ओलीका दूत विष्णु पौडेल र वामदेव गौतमबीच भेटवार्ता

ओलीका दूत विष्णु पौडेल र वामदेव गौतमबीच भेटवार्ता

अनलाइन नेपाल
  • सोमबार, जेष्ठ ३१ २०७८

  • 2K
    SHARES

    ओलीका दूत विष्णु पौडेल र वामदेव गौतमबीच भेटवार्ता

    काठमाडौँ । नेकपा एमालेका नेता बामदेव गौतम र उपप्रधानमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेको बेला दुवै नेताबीच भेटवार्ता भएको हो ।



    पौडेलले नेता गौतमलाई भैंसेपाटीस्थित निवासमा भेटेका हुन्। गौतमले यसअघि माधव नेपाल पक्षले नयाँ पार्टी खोले साथ दिने घोषणा गरेका थिए। गौतमलाई मनाउन ओलीको दूत बनेर पौडेल उनको निवासमा गएको बताइएको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार