Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • युरोकपमा स्पेन र स्वीडेनले बराबरी खेले, स्लोभाकियासँग पोल्याण्ड पराजित

    युरोकपमा स्पेन र स्वीडेनले बराबरी खेले, स्लोभाकियासँग पोल्याण्ड पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलेका छन् भने स्लोभाकियासँग पोल्याण्ड पराजित भएको छ ।

    गएराति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।



    गोल गर्ने अवसर पाए पनि स्पेनले त्यसको सदुपयोग गर्न सकेन । स्वीडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । खेल बराबरीमा सकिएसँगै समूह इ मा रहेको स्पेन दोस्रो स्थानमा तथा स्वीडेन तेस्रो स्थानमा रहेको छ ।



    गएराति भएको अर्को खेलमा स्लोभाकियासँग पोल्याण्ड पराजित भएको छ । युरो कप फुटबलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

    समूह इ मा रहेको स्लोभाकियाले जितसँगै तीन अङ्क बनाएको छ । स्लोभाकिया शीर्ष स्थानमा छ भने पुछारमा रहेको पोल्याण्डले अङ्क जोड्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार