Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माओवादी केन्द्रको केन्द्रीय समिति विस्तार गर्ने तयारी

    माओवादी केन्द्रको केन्द्रीय समिति विस्तार गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति विस्तार गर्ने भएको छ ।

    गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी ब्युँताएपछि माओवादी पुनर्गठन गर्ने क्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय ९९ जना पुर्‍याउन लागेको पार्टी मुख्यालय स्रोतले जानकारी दिएको छ।



    तत्कालीन नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना थिए ।



    एमाले माओवादी ब्युँतिएपछि माओवादीले २ सय ९९ जना केन्द्रीय कमिटी बनाउन लागेको हो ।

    माओवादीका २ सय केन्द्रीय सदस्य मध्ये १८ जना एमाले प्रवेश गरेकाले त्यसलाई समेत थप गरेर केन्द्रीय कमिटी थप गर्न लागेको माओवादीले जनाएको छ ।।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार