Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारतमा कोरोनाका कारण थप ५१ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    भारतमा कोरोनाका कारण थप ५१ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 2K
    SHARES

    एजेन्सी। भारतमा कोरोना भाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।

    शुक्रबार बिहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने त्योभन्दा बढी रहेको छ । त्यसैले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि दिनप्रतिदिन घट्दै गएको छ ।



    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप ६४ हजार ५२७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ ।
    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको कुल सङ्ख्या दुई करोड ९१ लाख २८ हजार २६७ पुगेको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप एक हजार ३२९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या तीन लाख ९३ हजार ३१० पुगेको छ ।

    भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या छ लाख १२ हजार ८६८ रहेको मन्त्रालयले जनाएको छ ।
    भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ३९ करोड ९५ लाख ६८ हजार ४४८ स्वाब परीक्षण गरिएको जानकारी दिएको छ । ती पछिल्लो एक दिनमा १७ लाख ३५ हजार ७८१ जनाको स्वब परीक्षण गरिएको परिषद्को तथ्याङ्क छ ।

    एकैदिनमा ठूलो संख्यामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने मुलुक समेत रहेको भारतमा बिहीबार मात्रै ६० लाख ७३ हजारभन्दा बढीलाई खोप लगाइएको छ ।

    भारतमा अहिलेसम्म कुल ३० करोड ७९ लाख खोप प्रयोग भएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार