Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्वीडेनलाई हराउँदै युक्रेन युरो कपको क्वाटरफाइनलमा

    स्वीडेनलाई हराउँदै युक्रेन युरो कपको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार राति भएको अन्तिम १६ को खेलमा युक्रेनले स्वीडेनलाई २–१ गोलले हराउँदै अन्तिम ८ को स्थान पक्का गरेको हो ।



    निर्धारित समयको खेलमा एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । स्वीडेनका लागि ४३ औँ मिनेटमा एमिल फोर्स्बर्गले बराबरी गोल फर्काए ।



    त्यसअघि २७ औँ मिनेटमा युक्रेनका लागि ओलेक्सान्ड्र जिन्चेन्कोले गोल गरेका थिए । दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो ।

    खेलको ९९ औँ मिनेटमा मार्कस डानिएल्सन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि स्वीडेन १० खेलाडीमा सीमित भयो । युक्रेनका लागि अतिरिक्त समयको इन्जुरी समयमा अर्थात १२१ औँ मिनेटमा अर्तेम डोभ्बीकले विजयी गोल गरे ।

    सेमिफाइनल प्रवेशका लागि युक्रेनले इंग्ल्याण्डको सामना गर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार