Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इङ्ल्यान्ड युरो कपको क्वाटरफाइनलमा

    इङ्ल्यान्ड युरो कपको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । जर्मनीलाई दुई शुन्य गोलअन्त्रले पराजित गर्दै इङ्ल्यान्ड युरो कप फुटबलको क्वाटरफाइनलन प्रवेश गरेको छ।

    मंगलबार राति घरेलु मैदान वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डका लागि रहिम स्टर्लिङ र हेरी केनले एक एक गोल गरे। स्टर्लिङले खेलको ७५औँ तथा कप्तान केनले ८० औँ मिनेटमा गोल गरेका थिए।



    इङ्ल्यान्डले कुनैपनि प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई ५५ वर्षपछि हराएको हो।



    तीन पटकको विजेता जर्मनी अघिल्ला लगातार तीन संस्करणमा कम्तिमा सेमिफाइनलसम्म पुगेको थियो। जर्मनी ग्रुप अप डेथबाट अगाडि बढेको थियो। त्यो समूहबाट आएका फ्रान्स र पोर्चुगल पनि बाहिरिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार