Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मेस्सीको बार्सिलोनासँग सम्झौता समाप्त

    मेस्सीको बार्सिलोनासँग सम्झौता समाप्त

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिएको छ ।

    एक वर्ष अघि बार्सिलोना छोड्न चाहेका ३४ वर्षीय मेस्सी सम्झौतामा रहेको व्यवस्थाका कारण त्यहिँ बस्न बाध्य थिए । अब बार्सिलोनासँगको उनको सम्झौता सकिएको छ । बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरातसँगै समाप्त भएको हो ।



    महिनौँदेखि चलेका विभिन्न हल्ला तथा अनुमानका बाबजुद बार्सिलोनासँग उनले सम्झौता लम्ब्याएनन् ।



    नयाँ सम्झौताका लागि छलफल जारी रहेको छ । मेस्सीले अझै पनि बार्सिलोनामै रहने निर्णय भने गर्न सक्ने छन् ।

    मेस्सीको ध्यान इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पनि छ । अब उनलाई भित्र्याउन चाहने क्लबले बार्सिलोनालाई कुनै पनि रकम भने तिर्नु पर्ने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार