Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सशस्त्र प्रहरीले गर्‍यो साहसिक काम, कमला नदिको बीच टापुमा फसेका तीन जनाको उद्वार

    सशस्त्र प्रहरीले गर्‍यो साहसिक काम, कमला नदिको बीच टापुमा फसेका तीन जनाको उद्वार

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 2K
    SHARES

    धनुषा।  अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्वार गरेको छ ।

    रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वाहव बढ्न गई उक्त नदिको बीच भागमा रहेको टापुमा फसेका थिए ।



    उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो ।



    उद्वार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षिय गणपती यादव, ४० वर्षिया सितादेवी यादव र २७ वर्षिय संजय अधिकारी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार