Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कस्तो सञ्जोग ! जन्म पनि एकसाथ गर्भवती पनि एकसाथ

    कस्तो सञ्जोग ! जन्म पनि एकसाथ गर्भवती पनि एकसाथ

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 3.9K
    SHARES

    काठमाडौं । तपाई हामीलाई सुन्दा अचम्म लाग्न सक्छ एकै पटक जन्मेका तिम्ल्याहा दिदीबहिनी गर्भवती पनि एकैपटक भएका छन् । यो कुरा असम्भव जस्तै भए पनि क्यालिफोर्नियामा भने सम्भव भएको छ । एकैपटक जन्मिएका तिम्ल्याहा दिदीबहिनीको जीवनमा यस्तो समय पनि आएको छ जुन सामान्यतया अरु जुम्ल्याहाहरुको जीवनमा नहुन सक्छ ।

    यी तीनैजना दिदीबहिनी एकैपटक गर्भवती भएका छन् । यी तीन दिदीबहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् । अहिले यी तीन दिदीबहिनी आफ्नो गर्भावस्थाका अनुभवहरु साझा गरिरहेका छन् ।



    यी तीन दिदीबहिनीहरु गिना, निना र भिक्टोरिया हुन् । यो कुरालाई लिएर यी तीनैजना दिदीबहिनी निकै उत्साहित छन् । उनीहरुले आफ्ना बच्चाहरुमा पनि आफूहरुमा जस्तै प्रेम होस् भन्ने चाहन्छन् । दक्षिणी क्यालिफोर्नियाका यी दिदीबहिनीमध्येकी कान्छी भिक्टोरियाले फक्स न्यूजसँग कुरा गर्दै आफूहरु एकैपटक गर्भवती हुनु सपना वास्तविकता भएजस्तै भएको बताइन् ।



    उनले अगाडि भनिन्–‘यो स्थितिमा हामी एक अर्कासँग के खान मन लागेको छ, कस्तो महसुस भइरहेको छ, कत्तिको थकाइ लागेको छ भन्ने जस्ता कुराहरु पनि साझा गर्छौं ।’ भिक्टोरियाकी पहिले नै २ वर्षकी छोरी पनि छिन् । ९ जुलाइमा उनको दोस्रो सन्तान जन्मिँदैछ । निनाले २८ अगष्टमा बच्चा जन्माउँदैछिन् । उनले पहिलो सन्तान छोरा जन्माउन चाहन्छिन् । सबैभन्दा जेठी गिनाको सन्तान भने सबैभन्दा पछि नोभेम्बरमा जन्मिनेछ । नोभेम्बरमा जन्मिने बच्चा गिनाको तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् ।

    उनीहरुले एकैपटक गर्भवती हुने योजना भने बनाएका थिएनन् र यो योजनाबद्ध तरिकाले भएको पनि होइन । जेठी गिनाले पिपुल म्यागजिनसँग कुरा गर्दै भनिन् ‘म गर्भवती हुने पछिल्ली थिएँ । मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनीहरु चिच्याउन थाले । आमाले यो हुनै सक्दैन, के तिमी सिरियस छौं भनिरहनुभएको थियो ।’ गिनाले आफूहरुले यस्तो होला भन्ने कहिल्यै नसोचेकोले अचानक यस्तो संयोग पर्दा निकै उत्साहित भएको बताइन् । उनीहरु आफूहरु ४ मिनेटको फरकमा जन्मिएका थिए ।

    माइली निनाका अनुसार एक वर्षअघिदेखि उनले आफ्ना श्रीमानसँग बच्चा जन्माउने योजना बनाइरहेकी थिइन् तर यस विषयमा दिदीबहिनीसँग भने सल्लाह भएको थिएन किनकि उनका दिदीबहिनीले पहिले नै बच्चा जन्माइसकेका थिए । अब निनाले पहिले बच्चा जन्माइसकेका दिदीबहिनीसँग गर्भावस्थाको बारेमा परामर्श लिइरहेकी छिन् । एजेन्सीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार