Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लगातार पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

    लगातार पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    चितवन । लगातार पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ ।

    मंगलबार साँझ पहिरो पन्छाएर सडक खुलाइए पनि फेरि बन्द भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
    नारायणगढ–मुग्लिङ सडक खण्ड झन्डै एक हप्तायता पहिरोले लगातार अवरुद्ध हुँदै आएको छ ।



    वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुनेक्रम चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढेको हो ।



    यो सडक खण्डमा अझै केही दिनसम्म यस्तै समस्या रहिरहने प्राविधिकहरुको अनुमान छ । यो सडक खण्डमा पर्ने चितवनको सेतीदोभान, इच्छाकामनाको चारकिलो, पाँचकिलो, १४ किलोलगायतका ठाउँमा पहिरो खस्ने गरेको छ । अरु ठाउँमा पहिरो पन्छाए पनि सेतीदोभानमा भने सडक खुलाउन निकै कठिन भएको छ ।

    सडकमा लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको हो । अहिले सडक खुलाउने प्रयास भइरहेको छ । सडक खुल्दै बन्द हुने क्रम नरोकिँदा सयौँ गाडी बीच बाटोमै अलपत्र परेका छन् ।

    सो सडकमा दैनिक १० हजारसम्म साना–ठूला गाडी चल्छन् । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ राजमार्ग बन्द छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार