Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • टर्कीमा पाकिस्तानी समूहले अपहरण गरेका ७ नेपालीको प्रहरीद्वारा सकुशल उद्धार

    टर्कीमा पाकिस्तानी समूहले अपहरण गरेका ७ नेपालीको प्रहरीद्वारा सकुशल उद्धार

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 6.4K
    SHARES

    टर्की।  पाकिस्तानी समूहले अपहरण गरी फिरौती मागेका सात जना नेपालीलाई टर्कीस प्रहरीले सकुशल उद्धार गरेको छ ।

    सात जना नेपालीको टर्कीस प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ ।  इस्तान्बुलको बेयेग्लूमा पाँचजना पाकिस्तानीले केही महिलासहित ७ जना नेपालीलाई अपहरण गरेर फिरौती मागेका थिए।



    अपहरणकारी समूहले प्रतिव्यक्ति २ हजार यूरो फिरौती मागेका थिए। बन्धक बनाइएका मध्ये एकजनाले आफ्ना दाईलाई सम्पर्क गरेर फिरोती तिर्न भनेका थिए।



    त्यसपछि  टर्की प्रहरीमा यो घटना पुगेपछि प्रहरीले तुरुन्त कारबाही गरि नेपालीको उद्धार गरेको  टर्कीस अनलाइन समाचार पोर्टलले जनाएको छ

    समाचार अनुसार ती पाकिस्तानीले नेपालीलाई अपहरपछि ग्रिस पुर्याउने बताएका थिए। उनीहरुले हतियार देखाएर नेपालीलाई अपहरण गरी बन्धक बनाएका थिए। ती व्यक्तिहरूले नेपालीहरूको टाउकोमा बन्दुक राखेका थिए र उनीहरूको पैसा र मोबाइल फोन लुटेर लगेका थिए।

    प्रहरीले तीन जना पाकिस्तानी अपहरणकारीलाई पक्राउ गरेर  हिरासतमा राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार