Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ‘अपहरणमा परेँ’ भन्दै ५० लाख फिरौती माग्ने युवक पक्राउ

    ‘अपहरणमा परेँ’ भन्दै ५० लाख फिरौती माग्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । अपहरणमा परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङमा बम जस्तो देखिने शंकास्पद बस्तुराखी अपहरणमा परेको भनी झुट्टा अफवाह फैलाउने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीय जनक देवकोटा रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाकारी दिएको छ ।



    देवकोटाले योजनाबद्ध तरिकाले शंकास्पद बस्तु राखेर आफू अपहरणमा परेको झुट्टो अफवाह फैलाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले जानकारी दिए ।



    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँ बस्तीस्थित हरिप्रसाद रिजालले सञ्चालन गरेको ड्रागन कृषि फर्ममा काम गर्दै आएका देवकोटाले कृषि फर्म सञ्चालकसँग रकम असुल्ने योजनाका साथ आफू अपहरणमा परेको नाटक गरेको रहस्य खुलेको प्रमुख काफ्लले बताए ।

    गत आइतबार अपहरणमा परेको सूचना प्रहरी कार्यालयमा पुगेपछि खोजी कार्य गर्ने क्रममा देवकोटालाई हिजो लमही नगरपालिका ९ अमिलिया नजिकैको जंगलमा फेला पारिएको प्रहरीले बताएको छ । गत फागुन २७ गते साँझ कृषि फर्म नजिकै शंकास्पदबस्तु राख्ने व्यक्ति पनि उनै देवकोटा रहेको अनुसन्धानबाट खुलेको छ ।

    देवकोटाविरुद्ध झुठा अफवाह फैलाउन नहुने कसुरमा मुलुकी फैजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० (झुठा अफवाह फैलाउने) र त्यही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तर्गत मुद्दा चल्ने उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार