Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भारतीय नागरिकले अपहरण गरेरेर फिरौती मागेका दुई नेपाली युवाको उद्धार

    भारतीय नागरिकले अपहरण गरेरेर फिरौती मागेका दुई नेपाली युवाको उद्धार

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । भारतीय नागरिकले अपहरण गरेरेर फिरौती मागेका दुई युवालाई प्रहरीले सकुशल उद्धार गरेको छ । तीन दिनअघि मकवानपुरको हेटौंडाबाट अपहरणमा परेका दुई युवालाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतमा फेला पारेको हो  ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  ३ गतेदेखि हराइरहेका मकवानपुरको हेटांँडा उपमहानगरपालिका–९ का २३ वर्षीय गोबिन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगरलाई शनिबार राति फेला पारेका हुन् ।



    शनिबार राति भारतीय प्रहरीको सहयोगमा मोतिहारीमा फेला पारेको मकवानपुरका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।



    अपहरणमुक्त युवालाई आइतबार मकवानपुर ल्याइएको छ । उनीहरुलाई भारतीय नागरिकले अपहरण गरेको र ५ लाख भारु फिरौती माग गरेको डीएसपी रिमालले बताए ।

    उद्धार गरिएका युवालाई आफन्तको जिम्मा लगाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपहरणमा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

    डिएसपी रिमालका अनुसार तीन जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर श्रेष्ठ र राना मगरलाई अपहरण गरेका थिए ।अपहणकारीले उनीहरुको आफन्तसँग फोनमार्फत प्रतिव्यक्ति ५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए भने फिरौती नबुझाए उनीहरुको मृगौला बेचिदिने भन्दै यातना दिएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार