Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • युरो कप : रोनाल्डोलाई गोल्डेन बुट अवार्ड

    युरो कप : रोनाल्डोलाई गोल्डेन बुट अवार्ड

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । पोर्चुगलका कप्तान एवम फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् ।

    आइतबार राति युरो कपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।



    गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरेका थिए । चार संस्करणको युरो कप खेलेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।



    चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले सो अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

    युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा तीन दुई गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार