Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले स्थायी कमिटी बैठक स्थगित

    एमाले स्थायी कमिटी बैठक स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।



    प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।



    सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै छन् । उनले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि छाड्दैछन्।

    विसं २०७४ फागुन ३ मा नियुक्त भएपछि नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार