Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जोनसन एन्ड जोनसनको कोभिड खोपबारे नेपाली अधिकारीहरू के भन्छन् ?

    जोनसन एन्ड जोनसनको कोभिड खोपबारे नेपाली अधिकारीहरू के भन्छन् ?

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक जना अधिकारीले अमेरिकी सरकारी निकायले जारी गरेको चेतावनीबारे आफूहरू जानकार रहेको बताएका छन्।

    यसअघि अमेरिकाको औषधिसम्बन्धी नियामक निकायले जोनसन एन्ड जोनसनको खोपले स्नायु प्रणालीसम्बन्धी एक प्रकारको दुर्लभ अवस्थाको जोखिम बढाउन सक्ने चेतावनी दिएपछि अमेरिकी अनुदानमा सोमवार नेपाल भित्रिएको उक्त खोपबारे सरकारी संयन्त्रहरूले ‘अनुसन्धान गर्ने’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक अधिकारीले बताएका थिए ।



    मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेल भन्छन्, ‘यसमा हाम्रो खोप समितिले हेर्छ। अरू ठाउँमा यो खोप प्रयोग भइरहेको छ र अहिले भनिएको जोखिम ठूलो पनि होइन।’



    उनले थपे, ‘डब्ल्यूएचओले प्रयोग गर्न मिल्छ भनेपछि हामीले पनि प्रयोग गर्न मिल्छ। एफडीएले के भन्यो त्यतातिर हामी जाँदैनौँ।’

    उनले आस्ट्राजनेका खोपमा पनि विगतमा जोखिमको सम्भावना औँल्याइएको उल्लेख गर्दै भने, ‘डब्ल्यूएचओले पनि केही भन्ला, हाम्रो खोप समितिले पनि अनुसन्धान गर्छ। सबै खोपमा केही न केही जोखिमको कुरा निस्केको छ तर त्यसबाट प्राप्त हुने लाभ धेरै गुणा बढी छ।’

    उनले पछिल्लो चेतावनीकै कारण जोनसन एन्ड जोनसन खोपको नेपालमा वितरण नरोकिने पनि बताए।

    नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमवार आयोजित विशेष कार्यक्रममा १५ लाख ३४ हजार ८ सय ५० जोनसन एन्ड जोनसन खोप नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।

    उनले उक्त खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार भएको उल्लेख गरेका थिए । (बिबिसको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार