Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकाले अनुदानमा दिएको १ लाख डोज खोप काठमाडौँ आइपुग्यो

    अमेरिकाले अनुदानमा दिएको १ लाख डोज खोप काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 969
    SHARES

    काठमाडौं। अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ ।

    कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एअरवेजको विमानबाट सोमबार बिहान काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।



    फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ । अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।



    यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार