Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकी खोप आजदेखि, प्रधानमन्त्री देउवाले गरे शुभारम्भ

    अमेरिकी खोप आजदेखि, प्रधानमन्त्री देउवाले गरे शुभारम्भ

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । अमेरिकाबाट अनुदान प्राप्त कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् ।

    प्रधानमन्त्री देउवाले जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए ।



    अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्छ ।



    उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार