Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ३२औं गृष्मकालीन टोकियो ओलम्पिकमा नेपाली झन्डा फहरायो

    ३२औं गृष्मकालीन टोकियो ओलम्पिकमा नेपाली झन्डा फहरायो

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 3.6K
    SHARES

    काठमाडौं ।  शुक्रबारबाट जापानमा औपचारिक रूपमा सुरु भएको ३२औं गृष्मकालीन टोकियो ओलम्पिकमा नेपाली झन्डा फहराएको छ ।

    जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिकको औपचारिक शुभारम्भ गरिएको हो।



    उद्घाटन समारोहमा दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले मार्चपास गरेका थिए। कार्यक्रममा जापानको सांस्कृति, परम्परा, रीतिरिवाज, आर्थिक तथा सम्पन्नता झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो।



    टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झन्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले बोकेका थिए।

    उनीहरूसँगै जुडो खेलाडी सोनिया भट्ट र सुटिङ खेलाडी कल्पना परियारले मार्च पासमा सहभागिता जनाएका थिए। एलेटिक्स खेलाडी सरस्वती चौधरी भने आइतबार मात्रै जापान जाने छिन्। उनी नेपालमै तयारीमा व्यस्त छिन्।

    नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतको टोली सहभागी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार