Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आरजुले गरेको निर्णय देउवाले उल्ट्याए

    आरजुले गरेको निर्णय देउवाले उल्ट्याए

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 4.3K
    SHARES

    काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा रोचक खेल भएको छ । अस्पतालको करोडौं ठेक्कापट्टाको घोटालामा मुछिएका डा. जागेश्वर गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई प्रमुख बनाइएको भनेर हिजो दिनभर सबै सञ्चार माध्यममा समाचार छाए । मरासिनीलाई हिजै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नियुक्तिपत्र दिएका थिए ।

    तर, आज एकाएक डा. गौतमकै सरुवा थमौती भएको समाचार भाइरल बन्यो । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गौतमको परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरेको जानकारी दिएको छ ।



    सबैभन्दा रोचक त के छ भने प्रधानमन्त्री पत्नी आरजु राणाको दबाबमा स्वास्थ्य राज्य मन्त्री श्रेष्ठले डा. गौतमलाई कोभिड यूनिफाइड अस्पतालको प्रमुखबाट हटाएर डा. मरासिनीलाई प्रमुख बनाएका थिए ।



    तर, आज कांग्रेस निकट कर्मचारी यूनियनहरुको चर्को दबाबपछि राज्यमन्त्री श्रेष्ठले नै मरासिनीलाई दिएको नियुक्ति पत्र बदर गराई डा. भुपेन्द्र बस्नेतलाई प्रमुख बनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस निकट यूनियनहरुले चर्को दबाब दिएपछि देउवाले नै डा. बस्नेतलाई नियुक्ति गराउन मन्त्री श्रेष्ठलाई निर्देशन दिएको स्रोत बताउँछ । डा. बस्नेतले यसअघि वीरको निर्देशक थिए ।

    मन्त्रालयले डा. गौमतसहित अन्य महाशाखाका प्रमुखको पनि सोमबार सरुवा गरेको थियो । स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका डा. विवेकलाल कर्ण, क्षयरोग केन्द्रको प्रमुखमा रीता जोशीलाई जिम्मेवारी दिइएको थियो। तर, उनीहरुको सरुवा भने रोकिएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार