Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चिहानमा गाडिएको किशोरीको शव निकालेर बलात्कार, बलात्कारीलाई प्रहरीले गोली हान्यो

    चिहानमा गाडिएको किशोरीको शव निकालेर बलात्कार, बलात्कारीलाई प्रहरीले गोली हान्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 8K
    SHARES

    एजेन्सी । विश्वमा दिनहुँ हजारौं अपराधका खबरहरु सार्वजनिक भइरहेका हुनछन्। तीमध्ये केही अपराधका समाचारले पनि मानिसलाई केही समय सोच्नैपर्ने बताइन्छ।

    पाकिस्तानमा त्यस्तै अपराधको सनसनीपूर्ण घटना बाहिरिएको छ। त्यहाँ एक व्यक्तिले चिहानमा गाडिएको किशोरी शव निकालेर बलात्कार गरेका छन्। ती व्यक्तिले चिहान खनेर युवतीको ताजा लाश निकालेर बलात्कार गरेको आरोप त्यहाँको प्रहरीले लगाएको छ।



    आरोपीलाई पनि भाग्दै गर्दा प्रहरीले गोली हानी मारिदिएको छ। आइतबार प्रहरीले पत्रकार सम्मेलन गरेर मृतक किशोरीका अभिभावकले बलात्कारी भनी दावी गरेको व्यक्तिलाई दोहोरो भिडन्तमा गोली हानी मारिएको जानकारी गराएको छ।



    यी व्यक्तिमाथि एक दिन अघि पाकिस्तानको सिन्ध प्रान्तको थट्टा जिल्लामा गुलामुल्लाह सहरनजिकैको मौलवी अशरफ चाण्डियो गाउँकी एक किशोरीको भर्खरै चिहानमा गाडिएको ताजा लाश चिहानबाट निकालेर बलात्कार गरेको आरोप थियो।
    आरोपीलाई पक्राउ गरेपछि पनि उनी फुत्किए। भागेपछि गोली चलाइएको थट्टाका एसएसपी डा. इमरान खानले जानकारी दिएका छन्।

    ती व्यक्तिका परिवपारले उनको लाश लिन पनि नमानेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। त्यस्तै, गाउँलेहरुले पनि उनको लाशलाई गाउँमा गाड्न नदिने अडान लिएका थिए। त्यसपछि बलात्कारका आरोपीको शव ईदी एम्बुलेन्स सर्भिसलाई हस्तान्तरण गरिएको एसएसपी खानले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार