Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आठ पूर्वसेनापतिलाई निम्तो गरेर भारतले के सन्देश दिन खोजेको हो ?

    आठ पूर्वसेनापतिलाई निम्तो गरेर भारतले के सन्देश दिन खोजेको हो ?

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । भारतीय सेनाले नेपाली सेनाका आठ जना पूर्वप्रधानसेनापतिहरुलाई भारत बाेलाएकाे छ ।

    पछिल्लो समय नेपाल-भारतकाबीच सीमानामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा विवाद चर्किएयता दुई देशबीच निकै खटपटपूर्ण सम्बन्ध रहँदै आएको सन्दर्भमा नेपालका सबै भूतपूर्व प्रधानसेनापतिहरुलाई भारतीय सेनाले यसरी एकैसाथ बोलाउनुलाई अर्थपूर्ण तबरले हेरिएको छ ।



    सैनिक स्रोतका अनुसार यही सेप्टेम्बरको १७ र १८ तारिक दिल्लीमा भारतीय सेनाको विशेष कार्यक्रम भन्दै आठ पूर्वप्रधान सेनापतिहरुलाई बोलाइएको हो। हालसम्म जीवित सातजना भूतपूर्व प्रधानसेनापतिहरु र यसै महिनादेखि भूतपूर्व हुन लागेका सेनापति पूर्णचन्द्र थापालाई समेत गरेर आठैजनालाई भारतीय सेनाले बोलाएको स्रोतले बतायो।



    भारतीय सेनाको निम्तोलाई स्वीकार्दै पूर्वप्रधानसेनापतिहरु धर्मपालबरसिंह थापा, प्यारजंग थापा, रुक्मांगद कटवाल, गौरवसमशेर राणा र राजेन्द्र क्षेत्री दिल्ली जाने बताए पनि प्रज्वल्लसमेशर राणा, छत्रमानसिंह गुरुङ र पूर्णचन्द्र थापा भने सहभागी नहुने स्राेतले बताएकाे छ ।

    नेपालमा भारतको सुरक्षा चासो निकै गहिरो छ र उसले सैनिक सम्बन्धमा जोड दिँदै पनि आएको छ । तर, भूतपूर्व सेनापतिहरु जम्मा गरेर उसले नेपाल सरकार नेपाली सेनाको नयां नेतृत्वलाई दिन खोजेको सन्देश के हो ? भन्ने चाहिँ स्पष्ट भइसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार