Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हजार भन्दा कम हुन थाले संक्रमित, आज ९९४ जनामा संक्रमण पुष्टि हुँदा १,३६८ जना डिस्चार्ज

    हजार भन्दा कम हुन थाले संक्रमित, आज ९९४ जनामा संक्रमण पुष्टि हुँदा १,३६८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिप्रतिदिन घटिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा संक्रमणमुक्त हुनेको संख्या १ हजार ३६८ रहेको छ भने १२ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार ६ हजार १३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।



    यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ३६ जना पुगेका छन् । नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार