Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १६ लाख जरिवाना र ७ दिन कैद तोकिएकी फरार जस्मिन पक्राउ

    १६ लाख जरिवाना र ७ दिन कैद तोकिएकी फरार जस्मिन पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं। महानगरीय अपराध महाशाखाले बैंकिङ कसुरको मुद्दामा १६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाइएका फरार महिलालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कैलालीको गौरीगंगा  नगरपालिका–६ घर भई काठमाडौं बस्दै आएकी ३२ वर्षीया जस्मिन झा रहेकी छिन् । उनलाई महाशाखाले मंगलबार गहना पोखरीबाट पक्राउ गरेको हो ।



    महाशाखाका अनुसार आरोपित झा बैंकिङ कसुरको जाहेरीमा दोषी ठहर भएकी थिइन् । २०७७ चैत ११ गते उच्च अदालत पाटनले उनलाई दोही ठहर गर्दै १६ लाख जरिवाना र ७ दिन कैदको सजाय सुनाएको थियो ।



    पक्राउ परेकी झालाई फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा काठमाडौंमा उपस्थित गराइ कारागार पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार