Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • माल्दिभ्समा १०४.४ प्रतिशतले पर्यटकहरुको सङ्ख्यामा बृद्धि, नौ महिनामा मात्रै ८ लाख बढी भित्रिए

    माल्दिभ्समा १०४.४ प्रतिशतले पर्यटकहरुको सङ्ख्यामा बृद्धि, नौ महिनामा मात्रै ८ लाख बढी भित्रिए

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 996
    SHARES

    एजेन्सी। माल्दिभ्समा यस बर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा आठ लाख नौ हजार ७६४ जना पर्यटक भित्रिएको जनाएको छ ।

    अघिल्लो बर्ष सन् २०२० को तुलनामा १०४.४ प्रतिशतको दरले पर्यटकहरुको सङ्ख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।



    कोरोनाभाइरसको महामारीका कारण सन् २०२० मा तीन महिना माल्दीभ्सको सीमानाका बन्द गरिएको थियो । त्यही कारणले अघिल्लो बर्ष पर्यटकको सङ्ख्यामा कमी आएको विश्लेषण गरिएको छ ।मन्त्रालयका अनुसार सवैभन्दा धेरै अगस्ट महिनामा मात्रै एक लाख ४३ हजार ५९९ पर्यटक माल्दिभ्स भित्रिएका छन् ।



    औसतमा दैनिक झण्डै चार हजार पर्यटक आउने गरको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

    माल्दिभ्स भित्रिएका पर्यटकहरु मध्ये सवैभन्दा धेरै पर्यटक भारतबाट आएको पनि तथ्याङ्कले देखाएको छ । कुल पर्यटक मध्ये २४.४ प्रतिशत पर्यटक भारतीय रहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि धेरै पर्यटक रुसका रहेका छन् । रुसबाट २०.४ प्रतिशत पर्यटक आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार