Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आइतबार माल्दिभ्सबाट आफ्ना सैनिक स्वदेश फर्काउँदै भारत

    आइतबार माल्दिभ्सबाट आफ्ना सैनिक स्वदेश फर्काउँदै भारत

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    एजेन्सी । भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने भएको छ ।

    माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको हो ।



    माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकिसकेका छन् ।



    भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुईवटा हेलिकप्टर र एउटा सानो विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू तैनाथ गरेको बताउने गरेको छ ।

    तर गएको नोभेम्बरमा निर्वाचित भएका राष्ट्रपति मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने निर्णय गरेका थिए । अब भारतका गैरसैनिक प्राविधिक कर्मचारीले विमान सञ्चालन गर्ने सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार