Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • क्रिकेट खेल्न काठमाडौँ आएका अफ्रिदीले किन भेट्दैछन् राष्ट्रपति भण्डारीलाई ?

    क्रिकेट खेल्न काठमाडौँ आएका अफ्रिदीले किन भेट्दैछन् राष्ट्रपति भण्डारीलाई ?

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । बिहीबार नेपाल आइपुगेका पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन् । शुक्रबार राष्ट्रपति भण्डारीसँग अफ्रिदीले भेट गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

    शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिसँग शुक्रबार अपराह्न भेट हुनेछ । भेटका क्रममा राष्ट्रपति भण्डारीले प्रतियोगिताका लागि शुभकामना दिने बताइएको छ।



    यस्तै, राष्ट्रपति कार्यालयका अनुसार एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न काठमाडौँ आएका अफ्रिदीसँगै आयोजक टोलीले पनि राष्ट्रपतिसँग भेट गर्ने तय भएको छ।



    अफ्रिदी केहीबेरअघि मात्र काठमाडौँ आइपुगेका छन्। शनिबारदेखि सुरु हुने ईपीएलमा अफ्रिदी काठमाडौं किङ्स ११ बाट खेल्दैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार