Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शाहिद अफ्रिदीले गरे माउन्टेन फ्लाइट

    शाहिद अफ्रिदीले गरे माउन्टेन फ्लाइट

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले माउन्टेन फ्लाइट गरेका छन् ।

    कोरोना भाइरसको महामारीपछि पहिलो पटक माउन्टेन फ्लाइटको सुरुवात गरेको यति एयरलाइन्सले क्रिकेटर अफ्रिदीसँगै फ्लाइटको सुरुवात गरेको जनाएको छ।



    आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरुले जहाजमा स्वागत गरेका थिए । उनलाई एयरहोस्टेसहरुले हिमाल पहिचानमा सहयोग गरेका थिए ।



    एयरलाइन्सका अनुसार आज कुल ४४ जना यात्रुसहित अफ्रिदी उडानमा सहभागी भएका थिए।

    यतिले ८८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने गरी पर्वतीय उडान सुरु गरेको हो । उडान हरेक आइतबार हुने एयरलाइन्सले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार