Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अमेरिकाको एफ -३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक

    अमेरिकाको एफ -३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 3.3K
    SHARES

    एजेन्सी। अमेरिकाले टर्कीलाई रुसी सेनाबाट थप हतियार किन्न नदिने स्पष्ट पारेको छ।  यसअघि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले आफूलाई अत्याधुनिक रूसी मिसाइल रक्षा प्रणालीको अर्को ब्याच किन्नबाट रोक्न नसकिने बताएका थिए।

    अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन् , ‘यदि टर्की तनाव र प्रतिबन्ध बढाउन चाहँदैन भने उसले रूसबाट अरु हतियार किन्नु हुँदैन। टर्कीले रसियाबाट ‘एस -४००’ मिसाइल रक्षा प्रणाली किनेको छ र त्यसबाट पनि मुक्त हुनु पर्छ। किनभने यो प्रणालीले अमेरिकाको एफ -३५ लडाकू जेटलाई धम्की दिन्छ। उही समयमा सीबीएस न्युजसँगको कुराकानीमा एर्दोआनले  टर्कीको रक्षा भण्डार सम्बन्धी निर्णयमा कसैले हस्तक्षेप गर्न नसक्ने वताए ।



    उनले भने, ‘हाम्रो मामिलामा कसैले हस्तक्षेप गर्न सक्दैन र हामी मात्र निर्णय गर्छौं। टर्कीले दुई वर्षअघि रुसबाट एस -४००मिसाइल रक्षा प्रणालीको खेप किनेको थियो, अमेरिकाले त्यसमाथि प्रतिबन्ध लगायो।



    भारत पनि रुसमा बनाइने ‘एस -४००’ लँग रेन्ज सरफेस टु एयर मिसाइल सिस्टम किन्न चाहन्छ।

    यो मिसाइल जमीनबाट हावामा हान्न सक्छ। ‘एस -४००’ संसारको सबैभन्दा प्रभावकारी वायु रक्षा प्रणाली मानिन्छ।

    यसमा धेरै सुविधाहरु छन्। ‘एस -४००’ ले एक साथ ३६ ठाउँलाई लक्षित गर्न सक्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार